काठमाडौँमा आजदेखि रात्रिकालीन बस सेवा

काठमाडौँ, १ बैशाख । काठमाडौँमा आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै छ ।

साझा यातायातसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले रात्रिकालीन विद्युतीय बस सेवा सुरु गर्न लागेको हो । 

बूढानीलकण्ठदेखि ललितपुरको लगनखेलसम्म र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म दुईवटा रुटमा रात्रिकालीन यातायात सेवा सञ्चालन गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन् । उनका अनुसार, रात्रिकालीन बस राति ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । 

यात्रु तथा चालकको सुरक्षाका लागि सीसीटीभीमार्फत् निगरानी गरिनेछ भने प्रत्येक बसमा एकजना नगरप्रहरीको उपस्थिति रहने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको

काठमाडौँ, ५ बैशाख ।  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला कसैका लागि पनि हारजितको विषय

काठमाडौँ, ५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो एक गीतलाई युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर