एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिनू : शिक्षा मन्त्रालय

काठमाडौँ, २४ चैत । शिक्षा मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ ।  

मन्त्रालयले  एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना नगर्न देशभरका विद्यालयहरूलाई निर्देशन दिएको हो । 

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तहलाई यसको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि अनुरोध गरिएको छ । केही विद्यालयले शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थी भर्ना गर्ने, अग्रिम शुल्क असुल गर्ने र स्वीकृत शीर्षकभन्दा बाहिर गएर चर्को शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।

मन्त्रालयले जारी गरेको पत्रमा शिक्षा नियमावली २०५९ को परिच्छेद १५ लाई उद्धृत गर्दै शैक्षिक सत्र सुरु नभई कसैले पनि विद्यार्थी भर्ना गर्न नपाउने कानुनी व्यवस्थाको स्मरण गराएको छ । ‘प्रचलित कानुनअनुसार भर्ना भएपश्चात मात्र स्वीकृत शीर्षकमा शुल्क लिन पाइने व्यवस्था हुँदाहुँदै विद्यार्थीबाट अग्रिम र बढी शुल्क असुलिएको, फरक शीर्षकमा रकम लिइएको र एउटै विद्यालयमा कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिइएको पाइएको छ,’ पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित