भौगोलिक, इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै नेपाल विश्वसामू परिचित : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भौगोलिकता, इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै नेपाल विश्वसामु गर्व गर्न लायक हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मुलुकको भूगोल, इतिहास र संस्कृतिनै समृद्धिको आधार भएको बताउनभयो । उहाँले कुनै पनि समुदायले आफ्नो संस्कृतिको आधारमा पहिचान खोज्नु जायज भएको बताउँदै सवै नेपाली समाजका मानिसले आ आफ्नो धर्म तथा संस्कृतिक पहिचान नै नेपाल विश्वको नजरमा रहेको बताउनुभयो ।

उहाँले नेपालमा भएका विभिन्न प्रकारका प्राकृतिक, धार्मिक, सांस्कृतिक, पर्यटिकय लगायतका कुराहरुले देश विकास तथा आर्थिक क्षेत्रमा मूख्य टेवा पुर्याएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले मुलुकको पूर्वाधार र पर्यटन क्षेत्रको विकासका लागि पनि हाम्रा साँस्कृतिक सम्पदाहरुको पहिचानको खोजी गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले हाम्रा परापूर्व कालदेखिका ज्ञान, हावापानी र भूगोल विश्वलाई नेपाल चिनाउन र समृद्ध बनाउन उपयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान

रसुवा, २८ असोज । भोटेकोशी बाढीबाट पाठ्यपुस्तक गुमाएका उत्तरगया गाउँपालिकाका विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने उद्देश्यले एसिया नेपालले पाठ्यपुस्तक उपलब्ध गराएको

नेकपा (एमाले)को वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिको रूपमा स्थापित गर्ने मौका गुमाएकोमा