भौगोलिक, इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै नेपाल विश्वसामू परिचित : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भौगोलिकता, इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै नेपाल विश्वसामु गर्व गर्न लायक हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मुलुकको भूगोल, इतिहास र संस्कृतिनै समृद्धिको आधार भएको बताउनभयो । उहाँले कुनै पनि समुदायले आफ्नो संस्कृतिको आधारमा पहिचान खोज्नु जायज भएको बताउँदै सवै नेपाली समाजका मानिसले आ आफ्नो धर्म तथा संस्कृतिक पहिचान नै नेपाल विश्वको नजरमा रहेको बताउनुभयो ।

उहाँले नेपालमा भएका विभिन्न प्रकारका प्राकृतिक, धार्मिक, सांस्कृतिक, पर्यटिकय लगायतका कुराहरुले देश विकास तथा आर्थिक क्षेत्रमा मूख्य टेवा पुर्याएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले मुलुकको पूर्वाधार र पर्यटन क्षेत्रको विकासका लागि पनि हाम्रा साँस्कृतिक सम्पदाहरुको पहिचानको खोजी गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले हाम्रा परापूर्व कालदेखिका ज्ञान, हावापानी र भूगोल विश्वलाई नेपाल चिनाउन र समृद्ध बनाउन उपयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा