काठमाडौँ, २५ मङ्सिर । जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने जनाएको छ ।
बैंकका अनुसार रु आठ अर्ब सात लाख ८५ हजार ९२५ चुक्तापूँजीको आठ दशमलव ५० प्रतिशत बराबरको रु ६८ करोड ६० लाख ६६ हजार ८०३ बराबर नगद लाभांश वितरण गर्न लागिएको हो ।





