राष्ट्रसेवक कर्मचारीलाई तनावमुक्त बनाउन योग तथा ध्वनी चिकित्साको प्रयोग


भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग सहित १ दिने योगध्यान प्रशिक्षण शिविर सम्पन्न गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुयलको प्राविधिक सहयोगमा सो प्रशिक्षण शिविर सम्पन्न गरिएको जुद्ध वारुण यन्त्र कार्यालयका कार्यालय प्रमुख विजय धौभडेलले अवगत गराए ।
सो कार्यक्रम सत्रमा तनाव व्यवस्थापनको सैद्धान्तिक कक्षा गुरु डाक्टर चिन्तामणीनाथ योगी र ध्वनी चिकित्साको प्रयोगात्मक कक्षा लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुयलका अध्यक्ष नारायण प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष वैकुण्ठ प्रसाद पौडेल, कोषाध्यक्ष सुमन खरेल, सहसचिव सन्तोष बुढाथोकीद्धारा गराईएको लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुयलका सचिव नबराज काफ्ले जानकारी गराए ।

जुद्ध वारुण यन्त्र कार्यालय,भक्तपुरमा भएको सो कार्यक्रममा योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु,पातञ्जल योग समिति नेपालका उपाध्यक्ष योग प्रसाद आचार्य, केन्द्रीय सदस्य हेमा प्रजापति, जुद्ध वारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक कर्मचारीहरु एवं लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुयल परिवार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित