काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा ५० करोड ७९ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।
आगामी पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा भएको रकम राख्नेछ । रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले मंसिर २३ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।





