मापदण्ड विपरीत बिक्री गरिएका औषधि बरामद

काठमाडौँ, ७ कार्तिक । प्रहरीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ ।

काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत महाराजगञ्जको टोलीले औषधि बरामद गरेको छ ।

प्रहरीका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको र औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्ड विपरीत बिक्री गरिएको पाइएको छ ।

स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्तमहाराजगञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी