आजदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन

काठमाडौँ, २६ असोज । पर्साका १४ वटै स्थानीय तहमा आजदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

पर्सामा गएको भदौ पहिलो साता हैजाको संक्रमणका बिरामी देखा परेका थिए ।

१४ वटै पालिकामा असोज २६ देखि आउँदो कात्तिक २  गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय पर्सा जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले आइतबारदेखि पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाइएको जनाएको छ । यो अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ८ भदौ । भक्तपुर जिल्लामा योगलाई संगठित र संस्थागत रूपमा स्थापित गरेको दुई दशक पूरा भएको सन्दर्भमा सूर्यविनायकस्थित शुभकामना

काठमाडौँ, ८ भदौ । हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ । राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे

काठमाडौँ, ८ भदौ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को

काठमाडौँ, ८ भदौ । जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको छ ।