काठमाडौं, १९ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
आज बुधबार सुन तोलामा १ सयले बढेर प्रतितोला ५८ हजार ४ सय रुपैंयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





