७ दिनमा २३१ जनामा डेंगु सङ्क्रमण पुष्टि

काठमाडौँ, १७ भदौ । पछिल्ला सात दिनको अवधिमा मात्रै २ सय ३१ जना नयाँ डेंगु सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्लो गएका २४ घण्टामा ३७ जनामा डेंगु पुष्टि भएको छ । हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको छ । 

देशका ७४ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको दिएको छ । देशभर डेंगुका सङ्क्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको छ ।

ईडीसीडीको आंकडामा सात प्रदेश मध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा सङ्क्रमित पुष्टि भएको  छ । गण्डकी प्रदेश १ हजार २८, बागमती प्रदेश ७८३, लुम्बिनी प्रदेश ६४९ र कोशी प्रदेश ६२७ सङ्क्रमित पुगेका छन् । पछिल्लो सात दिनमा भने बागमती प्रदेशमा ५५, गण्डकीमा ५०, कर्णालीमा ४१ र लुम्बिनीमा ३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४२ सय रुपैयाँले

काठमाडौँ, २० साउन । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौँ, २० साउन । गुल्मी जिल्लाका दुई फरक स्थानबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्री बरामद भएको छ

काठमाडौँ, २० साउन । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा