देशका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि

काठमाडौँ, २७ साउन । देशका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा १६० जनामा संक्रमण पुष्टि भएको हो ।

झन्डै आठ महिनामा दुईहजार ७२० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी गण्डकीमा ७९७ जनामा डेंगी पुष्टि भएको छ । त्यसपछि वाग्मतीमा ५६८ जनामा, कोसीमा ४७९, लुम्बिनीमा ४३४, सुदूरपश्चिममा ३२७, कर्णालीमा ६६ र सबैभन्दा कम मधेस प्रदेशमा ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय स्थानमा निरन्तर वर्षा भइरहेकाले डेंगी संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित