कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

काठमाडौँ, २७ साउन । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ ।

चितवनको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो ।

कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको हो । 

९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको हो । यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए ।

यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्ष्यण देखा पर्दछन् । नेपालमा यो रोग काठमाडौँमा पहिलोपटक दुई वर्षअघि देखिएको उनले जानकारी दिए । कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए । ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपीजी ग्याँसको अभाव हुन

काठमाडौँ, २० साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरू सार्वजनिक भएको छ  । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा

काठमाडौँ, २० साउन । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् । एमालेका अध्यक्ष

काठमाडौँ, २० साउन । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय