निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

काभ्रे, १९ साउन । नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आइतबार उक्त कोष स्थापना गरिएको हो । 

मन्त्री थापाले व्यक्तिगत रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गरे । “रेडक्रसले विपद्मा धेरै काम गरेको छ, यसरी जिल्लामा ब्लड बैंक स्थापना गर्नु निकै सराहनीय कार्य हो, यसको निरन्तरता हुनुपर्छ”, उनले भने । उनले बागमती सरकारबाट रु २५ लाख कोषमा राखेको जानकारी गराए । उनले सो अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप कार्य तथा रगत सङ्कलनार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा सभापति देवेन्द्र भैलले जिल्लावासी कोही पनि रगत अभावका कारणले मर्नु नपरोस् भन्न अभियान थालिएको जानकारी दिए । उनका अनुसार जिल्लास्थित रेडक्रसले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दे आएको र त्यसलाई थप व्यवस्थापन तथा प्रविधिमैत्री बनाउन छ । सो अवसरमा भैलले कोषमा रु ५० हजार प्रदान गर्ने घोषणा गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुदूरपश्चिमबाट चलचित्र विकास बोर्डमा प्रतिनिधित्व गर्ने पहिलो अवसर, दुई दशकभन्दा लामो चलचित्र यात्रा सुदूरपश्चिमको बैतडीमा जन्मिएर चलचित्र क्षेत्रमा आफ्नो पहिचान

काठमाडौँ, २२ साउन । दुबईस्थित चर्चित सामाजिक सञ्जाल कन्टेन्ट क्रिएटर तथा उद्यमी जामजाम ब्रदर्स नेपाल आइपुगेका छन् । जामजाम ब्रदर्सले सामाजिक

काठमाडौँ, २१ साउन । वरिष्ठ अभिनेता राजेश हमालले लोकतन्त्रमा भीडको मानसिकता र नेताहरूको प्रवृत्तिको आलोचना गर्दै नेपाली राजनीतिको वर्तमान अवस्थाबारे

काठमाडौँ, २० साउन । फिल्म ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि नेपालसहित विश्वभरका विभिन्न मुलुकमा एकसाथ