पाल्पा जिप दुर्घटना अपडेट : मृतक थप एक जनाको सनाखत

पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको छ ।

दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए । दुर्घटनामा परी बगनासकाली गाउँपालिका–१, घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्दै आएका ४६ वर्षीय विनोद ढुंगानाको पहिचान खुलेको थियो भने अर्का एक जनाको सनाखत भएको थिएन । सनाखत हुने मृतकमा स्याङ्जाको गल्याङ्ग नगरपालिका–७ घर भई बुटवल–११ बस्ने ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको बोलेरो लु १ च ६७५६ नम्बरको जिप दुर्घटना हुँदा तीनजना घाइते भएका थिए । उचपारका लागि अस्पताल लगेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र सुनारको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा झन्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ।

काठमाडौँ, १५ जेठ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ

एजेन्सी, १५ जेठ । मध्यपूर्व युद्ध शुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । 

काठमाडौँ, १५ जेठ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको