आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

काठमाडौँ, १५ जेठ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ ।

यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदै छ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नेछन् । सम्मानित हुनेमध्ये गत वर्ष निधन हुनुभएका ५९ जना शान्ति सेना पनि रहेका नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ ।

‘ड्याग ह्यामार्शोल्ड पदक’बाट मरणोपरान्त सम्मानित हुने शान्ति सेनामध्ये नेपालका दुई जना पनि रहेका छन् । सन् २०२५ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत रहँदा निधन भएका कर्पोरल सुरज लामिछाने तथा सन् २००० मा पूर्वी टिमोरमा सेवाका क्रममा निधन भएका सिपाही देवीराम जैसीलाई उक्त पदक प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ जेठ । सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर बढाएको छ । आज आगामी आर्थिक वर्ष २०८३–८४ को

काठमाडौँ, १५ जेठ । सरकारले श्रम शोषणलाई आर्थिक अपराध सरह मान्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्नेले आगामी आर्थिक वर्षको

काठमाडौँ, १५ जेठ । सरकारले उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गर्ने भएको छ । 

काठमाडौँ, १५ जेठ । सरकारले भिजन काठमाडौँ –२०४० को योजना घोषणा गरेको छ ।  आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष