इरानसँग सम्झौताको अन्तिम निर्णय अब हुने ट्रम्पको भनाइ

एजेन्सी, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताएका छन् । 

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान कहिल्यै पनि आणविक हतियार नराख्न, इन्धन तथा अन्य सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गरे । इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामका लागि ‘अमेरिकी अत्यधिक’ माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

इरानका उच्च कूटनीतिज्ञ अराघचीले आफ्ना ओमानी समकक्षीलाई मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो ‘अत्यधिक माग’ त्यागेमा मात्र सम्भव रहेको बताए । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दाबी गरेका थिए । 

यद्यपि उणले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान सुरु गरेको घोषणा गरेको

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्दै

भक्तपुर, १५ जेठ । ज्येष्ठ नागरिकहरूको सम्मानजनक जीवनयापन र उनीहरूको हकहित संरक्षणका लागि संस्थागत पहल कदमी बढाउने उद्देश्यका साथ ‘संस्थागत

काठमाडौँ, १५ जेठ । सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.