महिलाको जीवनस्तरमा परिवर्तन नभई समृद्ध राष्ट्र बन्दैन : मन्त्री बादी

काठमाडौँ, १६ जेठ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्पसहित महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकका साथै राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकजस्ता मौलिक हकको प्रत्याभूति गरेको उल्लेख गरेकी छन् । 

नेपालको संविधानले महिला सहभागिताको सुनिश्चितता गरे अनुरूप स्थानीय तह, प्रदेश सभा, वर्तमान सङ्घीय संसद् र नेपाल सरकारको मन्त्रिपरिषद्मा समेत महिलाको सहभागिता हुनु उल्लेखनीय उपलब्धि रहेको मन्त्री बादीले बताएकी छन् ।

‘महिला अधिकारको सम्मान: आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उनले नेपाली महिलाहरूको अधिकार स्थापित गर्ने सवालमा एउटा महत्त्वपूर्ण दिनको रूपमा स्मरण गरेकी हुन् । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र महिला अधिकारको क्षेत्रमा कार्यरत व्यक्ति तथा सङ्घसंस्थाहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ।

काठमाडौँ, १५ जेठ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ

एजेन्सी, १५ जेठ । मध्यपूर्व युद्ध शुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । 

काठमाडौँ, १५ जेठ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको