कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा

काठमाडौँ, १५ जेठ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ ।
 
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइदिएको हो ।
 
थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीका अनुसार भिसा शुल्क मिनाहा गरिएकामध्ये ३०२ नेपाली स्वदेश फर्किन बाँकी छ । सबैलाई नेपाल फर्कन ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गरिसकेको छ । भिसा शुल्क मिनाहा भएका ३०२ जना नेपाली फर्कन बाँकी छ । यीमध्ये २५० जना फर्कन लागेका छन् । ५२ जना अटेरी गर्दै बसेको बताइएको छ । अबको एकसाता भित्र नफर्के उनीहरूमाथि कम्बोडियाको नयाँ कानुनअनुसार कडा कारबाही हुने राजदूत वलीले बताएका छन।
 
कम्बोडियामा भिसाको समयावधि समाप्त भइसकेपछि बस्ने विदेशीलाई दिनको १० अमेरिकी डलर जरिबाना गरिन्छ । पछिल्लो केही महिनायता मात्र कम्बोडिया सरकारले नेपालीले तिनुपर्ने आठ करोड रुपैयाँभन्दा बढी जरिबाना मिनाहा गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्