काठमाडौं, ९ मंसिर। आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
आज आइतबार छापावाला सुन १ सय घटेर प्रतितोला ५८ हजार रुपैंयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ७१० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





