हिलिहाङ गाँउपालिका पूर्ण खोप सुनिश्चित घोषणा

पाँचथर, १२ फागुन । पाँचथरको हिलिहाङ गाँउपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

यो गाँउपालिकालाई मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

७ वटा स्थानीय तह रहेको हिलिहाङमा ४ हजार ३ सय ३३ घरधुरी र १ हजार ९ सय ८५ छ । जसमध्ये १५ महिना मुनिका २ सय ५४ र १५ देखि ५९ महिनाभित्रका बालबालिकाको संख्या ७ सय गरी ९ सय ५४ बालबालिकालाई खोपको मात्रा पूरा गरेसॅगै आइतबार यो गाउॅपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेढाइँ, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र साँवा र गाउॅपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र दिँदै हिलिहाङलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक