बस अनियन्त्रित भई पल्टिँदा ७ जना घाइते

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार आज बिहान करिब ७:३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनाको समयमा बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेका थिए ।

दुर्घटनामा परी घाइते भएका ७ जनालाई तत्काल उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ । घाइते हुनेहरूमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी (अवस्था सामान्य), अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ (अवस्था मध्यम), दार्चुलाको मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी (अवस्था सामान्य) रहेका छन् ।

यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का (अवस्था सामान्य), दार्चुलाको मार्मा गाउँपालिका–३ का ४८ वर्षीय धनञ्जय जोशी (अवस्था सामान्य), बसचालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र वि.क. (अवस्था सामान्य) र सहचालक कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय मोहन जोशी (अवस्था सामान्य) घाइते भएका छन् ।

बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक नम्बर एचआर ३९ जी २८७६ मा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएर उद्धार तथा अनुसन्धानको काम गरेको थियो । दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात भने पूर्ण रूपमा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन,

काठमाडौँ, २६ असोज । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, २६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ