२०५८ सालदेखिका विद्यार्थीका लागि मौका परीक्षाको फारम खुल्यो

काठमाडौँ, २४ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ ।

२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका स्नातक तह र स्नातकोत्तर तहका लागि विद्यार्थीका लागि मौका परीक्षाको आवेदन खुला गरेको हो ।

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो । वार्षिक प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह र स्नातकोत्तर तहको मौका परीक्षाको फाराम खुला गरेको हो । त्यसका लागि माघ २४ गतेदेखि फागुन २३ गतेसम्म नियमित दस्तुर बुझाएर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ