शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मन्त्री भट्टराई

काठमाडौँ, १२ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।

आज प्रेस चौतारीले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीनैवटै तहको सरकारले भूमिका खेल्नुपर्ने कुरालाई स्पस्ट व्याख्या गरेको उल्लेख गरे ।

सरकारले विसं २०८३ सम्म अनिवार्य निःशुल्क शिक्षाको अभ्यास गर्ने गरी कार्ययोजना बनाएर अघि बढेको उनले बताए । “सबैले साथ दिने हो भने हामी त्यसलाई सम्पन्न गर्न सक्छौँ”, मन्त्री भट्टराईले भने, “अनिवार्य शिक्षा ऐनले स्पष्ट गरेको व्यवस्थालाई स्थानीय सरकारले पनि पूर्ण रुपमा पालना गरी कार्यान्वयन गरेर अघि बढ्नुपर्छ ।”

“हामीले प्राविधिक शिक्षा त भन्यौँ तर प्राविधिक शिक्षा कस्तो हुनुपर्छ, प्राविधिक शिक्षालाई प्रविधिमैत्री बनाउँदै उद्यमशीलतातर्फ जोड्न छलफल र बहस कम भएकै हो”, मन्त्री भट्टराईले भने, “खाली बजेट कति भन्नेमा मात्र केन्द्रित हुँदा पनि समस्या भयो ।” उनले विद्यालय शिक्षा ऐन संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अहिले छलफलमा रहेको र थुप्रै विषय संशोधनको तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित