शिक्षा मन्त्रालयद्वारा तीन महिनामा ९ प्रतिशत मात्र बजेट खर्च

काठमाडौँ, १९ कार्तिक । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट विनियोजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खर्च भने न्यून गरेको पाइएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा मन्त्रालयले कुल बजेटबाट ९.१६ प्रतिशत मात्र खर्च गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको पहिलो त्रैमासिकको प्रतिवेदनमा चालुतर्फ उक्त मात्रामा बजेट खर्च भएको उल्लेख छ । मन्त्रालयले पहिलो त्रैमासिकका निम्ति विनियोजन गरेको चालु खर्चबाट २९.७१ प्रतिशत खर्च गरेको हो । पुँजीगततर्फ भने खर्च शून्य छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई चालु आर्थिक वर्षमा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ