रवि लामिछानेले जनतासँग सार्वजनिक सुनुवाई गर्ने

काठमाडौँ, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग वर्तमान अवस्थाको बारेमा सार्वजनिक सुनुवाई गर्ने हुनुभएको छ ।

असोज १८ गते चितवनको इच्छाकामनामा सार्वजनिक सुनुवाई गर्ने सभापति लामिछानेले जानकारी गराउनुभयो । कार्यक्रममा मतदातालाई लागेका प्रश्नहरु सहित उपस्थित हुन अपिल गर्नुभएको छ । उहाँले जनसरोकारका विषयमा सार्वजनिक सुनुवाई हुने भएकाले राज्य तथा समाजनका सरोकारवालाहरुको सहभागिता हुने भएकाले पार्टीको लागो, झण्डा, व्यानर तथा पार्टीको पोसाक नलगाउन आग्रह गर्नुभयो ।

सुनुवाई वारे आज उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आफूले गरेका हरेक कामको हिसाब किताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता । यहीँ असोज १८ गते आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन आउँदै छु । सबै मतदातालाई आफ्नो प्रश्न सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु । साथै, जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकोले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हेटौँडाबाट

काठमाडौँ, १७ जेठ । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ जेठ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा

काठमाडौँ, १७ जेठ । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् ।