विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

काठमाडौँ, १७ जेठ । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विद्यार्थीलाई कुटपिट गरेको आरोपमा हेटौँडा–७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत सामाजिक शिक्षाका शिक्षक ४५ वर्षीय अच्युत ओझालाई पक्राउ गरेको हो ।

गत जेठ ७ गते दिउँसो करिब १२ः४० बजेको समयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई कक्षाकोठामै बसिरहेको अवस्थामा शिक्षक ओझाले कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका ती विद्यार्थीको हेटौँडा अस्पतालमा उपचारको लागि पुर्‍याइएको थियो ।

हेटौँडा अस्पतालमा उपचार नभएपछि उनलाई चितवन स्थित नयाँ मेडिकल कलेज पुर्‍याइएको छ । घाइते विद्यार्थीको हाल नयाँ मेडिकल कलेज, भरतपुर चितवनमा उपचार भइरहेको छ । अस्पतालका अनुसार बालकको अवस्था मध्यम रहेको छ ।

पीडितका बुबा रामकृष्ण भुजेलले शनिबार बालबालिका विरुद्धको कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले शिक्षक ओझालाई शनिबार साँझ ६ः४५ बजे हेटौँडा–६, पुतलीबजारस्थित उनकै निवासबाट पक्राउ गरेको हो । पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मुलुकका विभिन्न स्थानबाट ३१ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको

काठमाडौँ, २९ कार्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर

काठमाडौँ, २९ कार्तिक । प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको

काठमाडौँ, २९ कार्तिक । लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न