प्रधानमन्त्री संसदमा उपस्थित हुनु सकारात्मक : सांसद केसी

काठमाडौँ, १७ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री संसदमा उपस्थित हुनु र जवाफ दिन तयार हुनुलाई सकारात्मक भएको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा नियमावली विपरीत प्रधानमन्त्री रोष्टममा पुगेर सांसदहरूलाई प्रश्न गर्न भनेपछि केही सांसदले नियमापत्ति जनाएपछि सांसद केसीले नियमावलीको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री बडो नाटकीय ढङ्गले जवाफ दिन उपस्थित हुनुभएको छ । यो अन्य देशमा पनि प्रचलन छ । तर, नियमावलीअनुसारको प्रोसेसलाई निरन्तर दिनुपर्छ’, ‘कानुनी राज्यमा रुल अफ ल र रुल बाई ल पनि हुन्छ ।’

सत्ताको स्वार्थका अनुकूल हुनेगरी कानुन बनाउने देखिएको भन्दै लोकतान्त्रिक दायित्व नभुल्न प्रधानमन्त्रीलाई केसीले आग्रह गरे । जवाफमा प्रधानमन्त्री शाहले मानवअधिकार आयोगमात्र होइन सबै आयोगका प्रतिवेदन सरकारले अध्ययन गरेर कामकारबाही अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ