जवाफ दिन प्रतिनिधिसभामा प्रधानमन्त्री शाह

काठमाडौँ, १७ जेठ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोल्नका निम्ति हात उठाएका छन् ।

आज बैठक सुरु हुनासाथ उनले हात उठाए । र, उनी उठ्न खोजे । त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए । प्रधानमन्त्री बालेनले आफूले सांसदहरूका प्रश्नको उत्तर दिने बताए ।

त्यसपछि सभामुख अर्यालले संसद् सचिवालयका कर्मचारीसँगद सल्लाह गरे । प्रधानमन्त्रीले बोल्न चाहँदा समय दिनुपर्छ भन्ने सुझाव प्राप्त गरेपछि सभामुखले रोष्ट्रममा बोलाए । रोष्ट्रममा पुगेर प्रधानमन्त्री बालेनले आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग भएको र त्यसअनुसार रोष्ट्रममा आएको बताए ।

त्यसपछि सभामुखले प्रत्येक दलबाट प्रश्न सोध्नका लागि एक/एक जनालाई बोल्न दिने घोषणा गरे । यसप्रति विपक्षी दलहरूले विरोध गरेका छन् । प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ ।

यस्तो व्यवस्था नियमावलीको नियम ५६ मा छ । यसअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भनेर विपक्षी दलहरूले विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण