काठमाडौँ, २ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनसभा र प्रदर्शनमा विप्लव नआउने भएका छन् ।
यही मंसिर ८ गते नेकपाले काठमाडौंमा गर्ने जनसभामा विप्लव नआउने भएपछि सो सभालाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सम्बोधन गर्ने भएका छन् ।
सोही जनसभा मार्फत विप्लव सार्वजनिक हुने भनिएपनि राज्य पक्षले पक्राउ गर्ने सूचनाका आधारमा उनी नआउने भएका छन् ।





