बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द

हुम्ला, २९ भदौ । हुम्लाको सिमकोट गाउँपालिका–८ साता गाउँमा रहेको बलभद्र निम्न माध्यमिक विद्यालय दुई दिनदेखि बन्द भएको छ ।

जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो । बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन् । भारी वर्षा भएर बिहीबार र बुधवार दुई दिन यहाँका विद्यार्थी विद्यालय जान नपाएको बलभद्र निमाविका शिक्षक पेमाथुकेत तामाङले बताए । याङ्गुबाट विद्यालय जानेबिच क्षेत्रको बाटो भत्किएको हो । आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थी विद्यालयमा उपस्थित नभएपछि बन्द गरिएको हो ।

बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको छ ।  विद्यालयको माथि पट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नुपरेको उनले बताए । पानी परेको समय विद्यालय भत्किने डर हुने हुँदा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ