प्रधानमन्त्री ओली र यूएनका उपमहासचिब मोहम्मदबीच शिष्टाचार भेट

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मदबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ती अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनु भएको छ । यसैगरी प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्र संघले निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभएको छ । “राष्ट्र संघको ७३ औं महासभामा भाग लिने क्रममा पनि यस विषयमा महासचिबसँग विस्तृतमा कुराकानी भएको छ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भन्नुभयो “नेपालको शान्ती, विकास र समृद्धिका लागि यूएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

यसैगरी उपमहासचिब मोहम्मदले नेपालले दिगो विकास लक्ष्य २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गर्नुभएको छ । “नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको हामीले महसुष गरेका छौं” उपमहासचिब मोहम्मदलाई उधृत गर्दै डा. भट्टराईले भन्नुभयो “नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा आधारमा सहयोग गर्न हामी तयार छौं ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । २०८३ साल असोज ७ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । सोचेका काम  बन्नेछन्

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक