बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

काठमाडौँ, ५ भदौ । पोखराबाट काठमाडौँका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।

पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौँ उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।

साढे ७:२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौँ उठेको थियो । तर, काठमाडौँको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो ।

वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौँका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् । अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौँको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन

काठमाडौँ, ७ असोज । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बुधबार भेटवार्ता गरेकी छिन् । अमेरिकी दूतावासका

काठमाडौँ, ७ असोज । सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा विज्ञापन गरिएको प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका राजपत्राङ्कित द्वितीय श्रेणीका पदहरूको

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा