आजको मौसम

काठमाडौँ, ८ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको छ । आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ ।

महाशाखाका अनुसार अहिले देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको धेरै स्थान, सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेस र लुम्बिनी  प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  कोशी र बागमती  प्रदेशको पहाडी भूभाग एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

त्यस्तै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशको तराई भूभागको धेरै स्थानमा तथा सुदूरपश्चिम  प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको थोरै स्थानमा साथै मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभाग एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । भुटानले आफ्नो प्राकृतिक सम्पदाबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको मौद्रिक मूल्य मापन गर्दै ‘ग्रस इकोसिस्टम प्रोडक्ट’ (जीईपी) सार्वजनिक

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका