कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ, ७ असोज । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बुधबार भेटवार्ता गरेकी छिन् ।

अमेरिकी दूतावासका अनुसार नेपालमा बाढीपछिको पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका विषयमा उनीहरूबिच कुराकानी भएको छ। विपद्‌बाट प्रभावित नेपाली समुदायलाई निरन्तर सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको कार्यवाहक राजदूत बोल्डिनले बताएकी थिइन्।  उनले बाढी तथा विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिकको खोजी कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाइन्।

अमेरिकी दूतावासका अनुसार अमेरिकाले हालसम्म नेपालमा बाढी तथा विपद् प्रभावित क्षेत्रको सहयोगका लागि तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराइसकेको छ। सो सहयोगअन्तर्गत स्थायी पुल निर्माण, खानेपानी तथा सरसफाइ, आश्रय, जीविकोपार्जन, जाडोयामका लागि आवश्यक सहयोग तथा विपद् प्रतिकार्यका उपकरण रहेका छन्।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले नेपालमा कार्यरत अमेरिकी कम्पनीका लागि व्यावसायिक वातावरण सुधार गर्न सरकारले गरेको प्रयासका लागि कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई धन्यवाद दिइन् । उनले नेपालमा अमेरिकी लगानी र व्यवसायका लागि वातावरणलाई अझ सुदृढ बनाउने बारे पनि छलफल गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र