एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, ८ असोज । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला एमालेले सचिवालय बैठक बोलाएको हो ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ । सचिवालय बैठक सकिएपछि मध्याह्न साढे १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने उनले जानकारी दिए । सोमबारदेखि जारी आजै केन्द्रीय कमिटी बैठक समापन गर्ने एमालेको तयारी छ ।

सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ । यस्तै, केन्द्रीय कमिटीमा मनोनीत गर्ने व्यक्तिका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।

यसैगरी स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा समेत छलफल हुने भएको छ । सचिवालयमा छलफल गरेपछि स्थायी कमिटी र पोलिटब्युरो गठनबारे केन्द्रीय कमिटी बैठकबाटै घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ र मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को सिमानामा पर्ने सिमात

काठमाडौँ, ९ असोज । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब बढीको कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको

काठमाडौँ, ९ असोज । नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज

काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै