नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन प्रधानमन्त्री ओली सकारात्मक

काठमाडौँ, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवाप्रदायक र नियामकका रूपमा टुक्र्याउन सकारात्मक बन्नुभएको छ । 

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेको कांग्रेस सांसदको टोलीसँग छलफलमा प्रधानमन्त्री ओलीले यससम्बन्धी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभएको छ । युरोपियन युनियन (इयु) ले हवाई सुरक्षा र उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा असर पुगेको जनाउँदै नेपाली हवाई सेवाप्रदायकलाई सन् २०१३ देखि निरन्तर सुरक्षा सूचीमा राख्दै आएको छ । यसका कारण नेपाली विमान कम्पनीले युरोपभर हवाई उडानमा प्रतिबन्धको सामना गर्दै आएका छन् । 

हवाई सेवाको सुरक्षाका लागि प्राधिकरणको जिम्मेवारीलाई दुई भागमा विभाजन गर्ने गरी सेवा सञ्चालन र नियमनको छुट्टाछुट्टै कार्यक्षेत्र तोकिनुपर्ने इयुको सुझाव छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र इयुले एकैसाथ नेपाललाई सूचीमा राख्दै आएकोमा आइकाओले भने सन् २०१७ मा नेपाललाई यस्तो सूचीबाट हटाएको थियो । 

प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवाको नेतृत्वमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणालगायतका कांग्रेस नेता बालुवाटार पुग्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ।

काठमाडौँ, १५ जेठ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ

एजेन्सी, १५ जेठ । मध्यपूर्व युद्ध शुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । 

काठमाडौँ, १५ जेठ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको