‘काली २’ ल्याउँदै रेखा थापा

काठमाडौँ, २ साउन । अभिनेत्री तथा निर्मात्री रेखा थापाले दशकअघिको आफ्नो हिट फिल्म ‘काली’को दोस्रो श्रृंखला ल्याउने भएकी छिन् ।

यस वर्षको अन्त्यदेखि छायांकन सुरु हुने फिल्ममा उनको शीर्ष भूमिका हुनेछ । यो महिला एक्सनप्रधान फिल्मको पटकथा शिवम् अधिकारीले लेखिरहेका छन् । ‘कालीको कथा जहाँबाट टुंगिएको थियो, त्यहींबाट कथा सुरु हुन्छ,’ अधिकारीले भने, ‘हामी यतिबेला स्क्रिप्ट लेखनको प्रारम्भिक फेजमा छौं ।’

रेखाले पनि यो हिट फिल्मको दोस्रो भाग ल्याउने बताइन् । ‘काली’को पहिलो भागमा उनी महिला प्रहरी अधिकृतको रोलमा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न

काठमाडौँ, १५ बैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।  अब सार्वजनिक खरिद ऐन,

काठमाडौँ, १५ बैशाख । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठक धुम्बाराहीस्थित होटल