काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।
बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने नेताहरुले बताएका छन् । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ ।
यसअघि ६ वैशाखमा यही ठाउँमा भेला बोलाएर खड्काको समूहले पर्ख र हेरको रणनीति अपनाउने निस्कर्ष निकालेको थियो ।





