राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ, आशंका नगरौँ : असिम शाह

काठमाडौँ, १५ बैशाख । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा संयोजक शाहले यस्ता भनाइहरूमा कुनै आशंका नगर्न आग्रह गरे ।

उनले सरकारको १०० दिने कार्ययोजनाअनुरूप नै संविधान संशोधनका लागि बहसपत्र तयार गर्न उक्त कार्यदल गठन गरिएको पनि स्पष्ट पारे । उनले भने, “वर्तमान संविधानको संशोधन कुनै एउटा राजनीतिक दल वा सरकारको मात्र इच्छाले नभई पूर्णतः राष्ट्रिय सहमतिको आधारमा मात्र सम्भव हुने साझा विषय हो । हामीले तयार पार्ने बहसपत्रमा बृहत् छलफल र बहस हुन्छ र सबैको सहमतिको दस्ताबेज तयार भएपछि मात्र संविधान संशोधन हुने हो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न

काठमाडौँ, १५ बैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।  अब सार्वजनिक खरिद ऐन,

काठमाडौँ, १५ बैशाख । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठक धुम्बाराहीस्थित होटल