काठमाडौँ, १५ बैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलङ्कीमा निर्माणाधीन ‘डाइभर्सन’मा को२प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ ठोक्किँदा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउको मृत्यु भएको हो ।
गम्भीर घाइते भएको उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।





