प्रधानमन्त्री ओलीको आग्रहः डिजिटल माध्यमबाट बधाई तथा शुभकामना दिनुस्

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री नियुक्ति तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण शुभचिन्तकलाई डिजिटल माध्यमबाट दिन आग्रह गर्नुभएको छ ।

डिजिटल माध्यमको प्रयोग गरे समयको बचत हुने उल्लेख गर्दै उहाँले खादा मालाको प्रयोग समेत नगर्न अनुरोध गर्नुभएको छ । उक्त कुरा उहाँले आफ्नो सामाजिक सञ्जालबाट सम्पूर्ण शुभचिन्तकलाई बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने