मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज के.एम.सी. अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्याङ्केट नजिक पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि के.एम.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा रोकिराखेको बा.२१ च ५६७४ नम्बरको कारलाई समेत ठक्कर दिँदा कारको अगाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक जुम्ला हिमा गाउँपालिका–५ घर भई हाल सृजनानगर बस्ने २० वर्षीय दिपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको र दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने