मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज के.एम.सी. अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्याङ्केट नजिक पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि के.एम.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा रोकिराखेको बा.२१ च ५६७४ नम्बरको कारलाई समेत ठक्कर दिँदा कारको अगाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक जुम्ला हिमा गाउँपालिका–५ घर भई हाल सृजनानगर बस्ने २० वर्षीय दिपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको र दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र