ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो

पेन्सिलभानिया, ३० असार । अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) गोली चलेको छ ।

पेन्सीलभानियाको बटलरमा भएको र्‍यालीमा गोली चले पनि पूर्वराष्ट्रपति ट्रम्प सकुशल भएको बताइएको छ । उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ ।

उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ । घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारेमा थप जानकारी भइसकेको छैन । यद्यपि, अनुसन्धान भइरहेको बताइएको छ ।

राष्ट्रपति जो बाइडेनलाई घटनाको बारेमा तत्कालै ब्रिफिङ गरिएको थियो । उनी त्यसबेला डेलाभरमा थिए । बाइडेनले  अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको  बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन् ।  उनले एक वक्तव्य जारी गरी ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् ।

यस्तै, पूर्वसभामुख नान्सी पेलोसीले पनि घटनाको निन्दा गर्दै ट्रम्प सकुशल रहेकोमा भगवानलाई धन्यवाद भनेकी छन् । अमेरिकाका विभिन्न राजनीतिक नेताबाट घटनाको निन्दा गर्ने क्रम जारी छ ।बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पनि सो घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाको निन्दा गरेका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको