कङ्गोमा एक हजार बढीमा इबोला सङ्क्रमण पुष्टि

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको उल्लेख गर्दै एक हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको घटनाहरू दर्ता गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जनाएको छ ।

डब्ल्यूएचओले मङ्गलबार जारी गरेको आधिकारिक तथ्याङ्कले हाल ३८७ जना बिरामीहरू उपचार प्राप्त गरिरहेको भने ११५ जना निको भएको देखाएको छ । कङ्गोका अधिकारीहरूले ४४ जना व्यक्तीको संकास्पद मृत्यु सहित १३१ वटा सङ्काशपद घटनाहरूको पनि रिपोर्ट गरेका छन् ।

आफ्नो दैनिक महामारी रिपोर्टमा कङ्गोको स्वास्थ्य मन्त्रालयले जारी गरेको सामुदायिक प्रसारणका आधारमा साप्ताहिक रुपमा पुष्टि भएका सङ्क्रमणका घटनाहरुमा पनि वृद्धि देखाइएको छ ।

तथ्याङ्कले महामारी विज्ञान र प्रयोगशाला निगरानीका साथै निदान क्षमताको विकेन्द्रीकरणसहित तीव्र जनस्वास्थ्य उपायहरूले पहिले रोग पत्ता लगाउन योगदान पुर्याएको र विस्तारित सामुदायिक सङ्क्रमणको पुष्टि गरेको बताएको छ ।

अफ्रिकामा इबोला रोगको प्रकोपको पहिलो महिनामा पुष्टि भएका घटनाहरूको यो सबैभन्दा ठूलो सङ्ख्या भएको डब्लुएचओका “हेल्थ इमर्जेन्सी अलर्ट एन्ड रेस्पोन्स अपरेसन ” का निर्देशक अब्दिराहमान महामुदले मङ्गलबार जेनेभामा पत्रकार सम्मेलनमा बताएका छन् । 

महामुदले रोगको फैलावट र विस्तार तिव्र गतिमा भइरहेको उल्लेख गर्दै विगत दुई हप्तामा उपचार क्षमता पनि बढेर “१९ वटा स्वास्थ्य क्षेत्रहरूबाट ५०० भन्दा बढी सैया सहित सेवा गर्न सक्ने अवस्थामा पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार ६

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ