काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको छ ।
विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण बनाउन वार्म लाइट जडान गर्न गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार सरकारको नीति तथा कार्यक्रममा समेत धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थानहरूलाई संरक्षण गर्ने राष्ट्रिय नीति अनुरूप पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण गर्न लागेको छ ।
विश्व सम्पदा सूचीमा अहिले जडान गरेका लाइटले सम्पदाको सौन्दर्यीकरण नदेखिएको भन्दै सम्पदा सुहाउँदो वार्म लाइट जडान गरिने केही दिनअघि सञ्चारकर्मीहरूसँगको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।






