नेप्से परिसूचक १५.७९ अंकले बढ्यो

काठमाडौँ, २५ असार । आज नेप्से परिसूचक १५.७९ अंक (०.७३ प्रतिशत) ले बढेको छ ।

आजको कारोबारपछि नेप्से परिसूचक २१५२ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५३ करोडको भयो ।

कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने १० को स्थिर रह्यो । समूहगत रुपमा बैंकिङ ६, विकास बैंक १०९, हाइड्रोपावर १३, जीवन बीमा २७, माइक्रोफाइनान्स १४२, निर्जीवन बीमा ४८, अन्य १० अंक बढे । त्यस्तै फाइनान्स ३, होटल तथा पर्यटन १५, उत्पादन ३५ र व्यापार समूह ९ अंक घटे ।

गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोपावरको ९.९, युनिक नेपाल लघुवित्तको ९.७, सबैको लघुवित्तको ९.१, महिला लघुवित्तको ८.८, सपोर्ट माइक्रोफाइनान्सको ८.७ तथा जाल्पा लघुवित्तको ८.२ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने