कांग्रेससँग सम्झौता होइन, सङ्कट मोचन गर्ने सहमति : महेश बर्तौला

काठमाडौँ, २४ असार । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबिच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि उक्त समझदारी पारदर्शी भएको बताए । उनले दुई दलबिचको समझदारी देशको सङ्कट मोचन गर्नका लागि भएको बताए । 

उनले भने, ‘सिङ्गो देशको सङ्कट मोचन गर्न कांग्रेस र एमालेबिच सहकार्य गर्ने समझदारी भएको हो’, ‘यो समझदारी अनुसार अन्य दललाई पनि राष्ट्रिय सरकारमा सहभागी हुन अपिल गर्ने भनिएको छ ।’ ‘वर्तमान सरकारलाई एमालेले दिएको समर्थन असार १९ गते फिर्ता लियौँ । समर्थन फिर्ता सँगै एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो’, बर्तौलाले अन्जु पन्तको गीत सुनाउँदै भने ‘राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले एउटा गीत गाउनुभयो, फत्तेमानको । तर म प्रधानमन्त्रीलाई अन्जु पन्तको गीत सुनाउन चाहन्छु ।’

उनले ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र ? तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ? ’बोलको गीत गाउँदै प्रधानमन्त्रीले सँगै बसौँ र सरकारलाई विकास सम्मृद्धिको पथमा अघि बढाउन एमालेले चाहे पनि प्रधानमन्त्रीले अर्को दाउपेचको खेलेको आरोप लगाए । ‘उहाँको चुलबुले स्वभाव र उथलपुथलको शैलीको मारमा एमाले पर्‍यो । त्यही भएर हामी बाहिरियौ’, उनले भने, ‘कांग्रेस एमाले साथीको खोजीमा रहेका थिए । दुवै दलहरूले देशको सङ्कटबाट निकास दिनुपर्छ भनेर समझदारी गर्‍यौ ।’ उनले नयाँ समझदारीपछि केही समीक्षा भएको भन्दै प्रधानमन्त्रीले कहिले कांग्रेस र कहिले एमालेलाई गैँडाले चाटेजस्तो गरेको टिप्पणी गरे । 

त्यसक्रममा बर्तौलाले फायल खोल्ने भनेर केही मन्त्री र नेताहरूले धम्की दिएको भन्दै फायल खोलेर देखाउन चुनौती दिए । उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुने भन्दै यदि प्रधानमन्त्रीले असार २८ मा बहुमत पुर्‍याए आफूहरूलाई कुनै आपत्ति नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको