गाजाको विद्यालयमा इजरायली आक्रमण, १६ जनाको मृत्यु

गाजा, २३ असार । गाजाको एक विद्यालयमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको प्यालेस्टाइन अधिकारीहरूले बताएका छन् । घटनामा दर्जनौँ घाइते भएका छन् ।

सो भवनमा मध्य गाजाको नुसरत शरणार्थी शिविरका हजारौँ विस्थापित मानिस आश्रय लिइरहेको हमासको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । इजरायली डिफेन्स फोर्स (आइडीएफ)ले अल जाओउनी विद्यालयका संरचनामा आतंककारी गतिविधि भइरहेकोले आक्रमण गरिएको जनाएको छ ।

अलग्गै अर्को आक्रमणमा शिविरका १० जनाको मृत्यु भएकमे छ । भिडियोमा देखाइएअनुसार वयस्क र केटाकेटीहरू धुवाँले भरिएको सडकमा रुँदै गरेको देखिएको छ । उनीहरू घाइते अवस्थामा कुदिरहेको समेत देखिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमण भवनको माथिल्लो भागमा केन्द्रित थियो । भवन व्यस्त बजारको छेउमा छ । सो भवन सात हजार मानिसले आश्रयको रूपमा प्रयोग गरिरहेका थिए । भवनमा आक्रमण हुँदा कुरान पढिरहेका केही केटाकेटी पनि मारिएको एक महिलालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हेटौँडाबाट

काठमाडौँ, १७ जेठ । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ जेठ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा

काठमाडौँ, १७ जेठ । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् ।