शिक्षक सरुवा मापदण्ड खारेज गर्न माग

काठमाडौँ, ३१ जेठ । स्थानीय सरकारहरूले केन्द्रले निर्माण गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ र नगरपालिका महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्देशिका खारेजीको माग गरेको हो । 

शिक्षा मन्त्रालयले २०८१ जेठ १३ गते एक निर्देशिका जारी गरेको  थियो । ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ का सम्बन्धमा स्थानीय सरकारका सङ्घ/महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।  नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षालाई स्थानीय सरकारको एकल अधिकारको सूचीमा राखेको सर्वविद्धितै छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘सङ्घीय शिक्षा विधेयक संसद्‌मा विचाराधीन रहेको अवस्थामा सम्बन्धित संसदीय समितिलाई सरोकारवालाहरूसँग छिटो परामर्श गरी स्वीकृतिको लागि संसद्‌मा पेस गर्न सहजीकरण गर्नुपर्नेमा उल्लिखित निर्देशिका २०२८ सालको शिक्षा ऐनको प्रभावमा विद्यालय शिक्षालाई केन्द्रीकृत रूपमा नै सञ्चालन गर्न खोजिएको कार्य संविधान विपरीत छ ।’ 

उनीहरुले संविधानतः आधारभूत र माद्यामिक शिक्षा स्थानीय सरकारको एकल अधिकारमाथि हस्तक्षेप हुनेगरी केन्द्रीकृत रूपमा नै विद्यालय सञ्चालन गर्ने गरी ल्याइएको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न भनेका छन् । 

जारी भएको निर्देशिका कार्यान्वयन नगरी संविधान र गाउँ/नगरसभाबाट जारी भएको स्थानीय शिक्षा ऐन बमोजिम कार्यसम्पादन गर्न सबै ७ सय ५३ स्थानीय सरकारहरूमा सङ्घ महासङ्घले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । काठमाडौँबाट चेक अनादर मुद्दामा एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१५ बस्ने प्रविता

काठमाडौँ, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द

काठमाडौँ, १३ कार्तिक । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक

काठमाडौँ, १३ कार्तिक । जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन् । प्रहरीका अनुसार