सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २५ जेठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा सवारी हुँदा एक जना महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान मनहरी–९, रजैयामा एलपीजी ग्यास बोकेको ग्याँस बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस–२५ डीसी ०२१२ नम्बरको बुलेटले विपरीत दिशातर्फबाट जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कास्कीको पोखरा महानगरपालिका–११ की ३३ वर्षिय निर्मला अधिकारी रहेकी छिन् । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा हेटौँडा–११ स्थित चितवन मेडिकल कलेज चुरेहिल अस्पतालमा मृत्यु भएको हो । ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक ३१ वर्षीय सुवास गुरुङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज चुरेहिल अस्पताल हेटौँडामा उपचारका भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको